३० आश्विन २०८३, शुक्रबार

मालेका केन्द्रीय नेतासहित ४ सय एमालेमा प्रवेश, को-को आए ? (नामावली सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौं, २५ असार । सीपी मैनाली नेतृत्वको नेकपा मालेका १४ जना केन्द्रीय सदस्यसहित ४ सय जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पोलिटव्युरो सदस्य घनश्याम भट्टराईको नेतृत्वमा शुक्रबार १४ नेतासहित ४ सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली ४ सय जना कार्यकर्तालाई पार्टीमा अविर लगाएर स्वागत गरे । एमाले मुख्यालय बल्खुमा आयोजित स्वागत समारोहमा एमाले अध्यक्ष ओली पार्टीमा आएका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिईने बताए ।

एमाले प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्यहरु बमबहादुर विसी, लक्ष्मी फुजेल, रुपबहादुर परियार, चक्र पहाडी तिमिल्सिना, रामकुमार राई, विष्णू बास्तोला, शंकर कुँवर, डा. केदार दाहाल, धर्मराज रसायली, तीर्थ सिलवाल, पुरन केसी, माधव सरकार, सर्जन बोगटी रहेका छन् ।

साथै, मालेको ट्रेड युनियन महासंघ र मुक्ति समाजका अध्यक्षको नेतृत्वमा सिंगो टिम नै एमालेमा विलय भएको छ । १७ वटा जिल्लाका पार्टी कमिटी पनि एमालेमा विलय भएका छन् ।

डेढबर्ष अघि मालेबाट एमालेमा प्रवेश गरेका नेता भाष्कर काफ्लेको पहलमा मालेका नेताहरु एमालेमा प्रवेश गरेका हुन् । काफ्ले अहिले एमालेको केन्द्रीय सदस्य एवं ताप्लेजुङ जिल्ला इन्चार्ज छन् ।

को-को आए ?

पोलिटव्युरो सदस्य

१) घनश्याम भट्टराई

केन्द्रीय सदस्यहरु :

२) बमबहादुर विसी
३) लक्ष्मी फुजेल
४) रुपबहादुर परियार
५) चक्र पहाडी तिमिल्सिना
६) रामकुमार राई
७) विष्णू बास्तोला
८) शंकर कुँवर
९) डा. केदार दाहाल
१०) धर्मराज रसायली
११) तीर्थ सिलवाल
१२) पुरन केसी
१३) माधव सरकार
१४) सर्जन बोगटी