३० आश्विन २०८३, शुक्रबार

राजस्व बढ्यो, दुर्घटना घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

WOMEN-TRAFFIC-2main– सुधासुमन ढकाल

दाङ, २५ असार । जिल्ला ट्राफिक कार्यालय दाङले गत वर्षको तुलनामा यस आर्थिक वर्षमा बढी राजस्व संकलन गरेको जनाएको छ । गत आर्थिक वर्षको अन्त्य सम्ममा ७० लाख राजस्व संकलन गरेकोमा यस वर्षको जेठ मसान्त सम्ममा ९५ लाख बढी राजस्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीको कार्बाहिमा कडाइ गरिएसंगै राजस्व संकलन बढि भएको कार्यालय प्रमुख बिरबहादुर थापाले जानकारी दिनुभएको छ ।  प्रमुख थापाका अनुुसार यस वर्ष राजस्व संकलनमा बृद्धि भए पनि गत वर्षको तुलनामा कम सवारी साधनहरु कार्बाहिमा परेका छन ।

गत वर्ष ट्राफिक नियम विपरित चलेका ३ हजार ६ सय सवारी साधन कार्बाहिमा परेका थिए भने यस वर्ष ३ हजार ३ सय सवारी साधन कार्बाहिमा परेका छन । दाङमा ट्राफिक नियम विपरित चल्ने सवारी साधनको संख्यामा पनि कमि आएको कार्यालयले जनाएको छ ।

मापसे गरेर र लाइसेन्स विनै सवारी साधन चलाउने व्यक्तिहरुबाट एक हजारका दरले राजस्व संकलनलाई अगाडि बढाएपछि राजस्व बढेपनि नियम विपरित चल्ने सवारी साधनमा कमि आएको कार्यालयले जनाएको हो ।

यसैबीच यस वर्ष गत वर्षको तुलनामा दाङमा दुर्घटना संख्या, मृत्यु संख्या र घाइतेको संख्या घटेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभएको छ । उहाका अनुसार कार्बाहिमा कडाइ पारेपछि यस वर्ष गत वर्षको तुलनामा दुर्घटना १७ प्रतिशतले , मृत्यु २८ प्रतिशतले र घाइते ४३ प्रतिशतले घटेको उहाले बताउनुभयो ।।