२२ कार्तिक २०८३, आइतबार

एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ– महासचिव पोखरेल

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको उल्लेख गर्दै नेतृत्व यसबाट अलग रहेको बताएका हुन् ।

महासचिव पोखरेलले भनेका छन्–

भ्रम र सत्य
नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी सत्य र तथ्य त्यो भन्दा निकै फरक छ ।
वालवालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यति वेला संझना भइरहेको छ । उहाँले भन्नु भएको थियोः-
मानव अधिकार एलाइन्ससंग सम्वध्द संस्थाहरुले नेपालमा संचालित गैर सरकारी संस्थाले विदेशवाट प्राप्त गर्ने अनुदानको १५ प्रतिसत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आवध्द संस्थाहरु आखाको तारो बन्ने गरेका छन् । किनकी उनिहरु पारदर्शी रुपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिसत भन्दा वढि अनुदान प्राप्त गर्ने संस्थाहरु खासै चर्चामा रहदैनन् । किनकी उनीहरुमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनिहरु के काम गर्दछन् आम मानिसलाई थाह पनि हुदैन ।
मलाई लाग्दछ ग़ैर सरकारी संस्थामा प्राप्त अनुदानको सत्य यस्तै होला । हल्ला गर्नेहरुले कुन संस्थाले कति रकम प्राप्त गरे भन्ने कुराको तथ्य पनि वुझ्न सक्नु पर्दछ । जहाँसम्म नेकपा(एमाले)को मुल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।
यस प्रसंगमा भन्नै पर्ने एउटा सत्य: नेकपा(एमाले) जनताका विचमा हुर्किएको पार्टी हो । अहिले पनि जनताको रोजाईको पहिलो पार्टी यही नै हो । भविष्यमा राष्ट्रको निर्णायक शक्तिका रुपमा जनअनुमोदित हुने अभियानमा यो पार्टी जुटेको छ ।