काठमाडौं, २५ असार । नयाँ संविधानका लागि जनताको प्रत्यक्ष राय लिन प्रारिम्भक मस्यौदा बोकेर निर्वाचन क्षेत्र जान लागेका सभासदका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट माग गरिएको छ ।
सत्तारुढ पार्टी र अन्य दलका सभासदहरुका लागि मस्यौदा गाउँमा पुर्यायउने र अन्तर्क्रिया गर्ने कामका लागि संसद सचिवालयले बजेट माग गरेको हो।
सभासदहरुले मस्यौदा निर्वाचन क्षेत्रमा लैजान हेलिकप्टरमार्फत जानुपर्ने र अन्तर्क्रियामा सहभागी हुने जनतालाई खाजानास्ता दिनुपर्ने भन्दै बजेट माग गरिएको नागरिक दैनिकले छापेको छ ।
ुसंसद सचिवालयले सभासदहरुलाई मस्यौदा जनतासमक्ष लैजान आवश्यक बजेट भन्दै एक अर्ब ४० करोड रुपैयाँ माग गरेको छ,ु अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने। उनका अनुसार सभासदलाई निर्वाचन क्षेत्र पठाउन हेलिकप्टर, हवाईजहाज र अन्य सवारीसाधनका लागि ठूलो रकम माग गरिएको छ।
यस्तै अन्तर्क्रियामा सहभागी हुनेहरुका लागि खाजा नास्ता, पत्रपत्रिकामा सूचना प्रकाशन, मस्यौदाका कपी छपाइलगायत कामका लागि पनि बजेट मागिएको छ।
संसद सचिवालयका प्रवक्ता भरत गौतमले पनि सभासद र कर्मचारीका लागि बजेट माग गरिएको जानकारी दिए । उनले रकम भने खुलाउन चाहेनन् ।















प्रतिक्रिया