काठमाडौं । गत वर्षको फागुन महिनामा नेपालमा दुई यसवतीमाथि एसिड आक्रमण भयो । राजधानीको बसन्तपुरमा ट्युसन पढ्न आएका बेला आक्रमणमा उनीहरुको घाउ अहिले पनि निको हुन सकेको छैन्, भने मनको घाउ त कहिले पनि निको हुने छैन् ।
त्यो घटनापछि नेपालमा एसिड आक्रमणको त्रास एकदमै धेरै बढेको छ । त्यही क्रममा नायिका केकी अधिकारी पनि एसिड आक्रमणमा परेकी छिन् । एसिड आक्रमणबारे किशोरीलाई चेतना जगाउन उनी एक भिडियोमा एसिड आक्रमणमा परेकी हुन् ।
एसिड आक्रमणबारे जनचेतना जगाउन सार्वजनिक भएको म्यूजिक भिडियोमा नेपाली सिने क्षेत्रकी चर्चित नायिका केकी अधिकारीले एसिड आक्रमणको अभिनय गरेकी हुन् ।
युट्युबमार्फत बुधबार सार्वजनिक गरिएको भिडियोमा एक युवकले केकीको अनुहारमा एसिड हानेको देखाइएको छ । एसिड आक्रमणपछि पनि जीवनलाई सामान्यरुपमा अघि बढाउन गीतले प्ररेणा दिन खोजेको छ ।
















प्रतिक्रिया