१ कार्तिक २०८३, आइतबार

कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक भाटभटेनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । गेटसेटगेम – एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ ।

प्रतियोगिता फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौंमा आयोजना हुँदैछ । यो प्रतियोगिता खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

१६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन् ।

एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजङ्ग थापा भन्छन्, ‘हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौँ । उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवर्द्धनका लागि प्रेरणादायी छ ।’ यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू – पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’, र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् ।

सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ । सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४, २०२५ मा बन्द हुनेछ । दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ । यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवर्द्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ ।