
काठमाडौं, ५ फागुन । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा काठमाडौंमा ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ ‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
टाटा गुरु (मेकानिक्स प्राविधिक) बीच सम्पन्न प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र–२, २०२५’मा सहभागि प्रतिस्पर्धी गुरुहरुलाई पछि पार्दै सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन् । प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरुहरु सहभागि भएका थिए ।
सिप्रदीका अनुसार, नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्धितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लालबहादुर नेगी र तृतीय स्थान हाँसिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि भई नेपाललाई विश्वसामु चिनाउने अवसर प्राप्त गरेका छन् ।
यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका हुन् ।
समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरुलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरुलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स सिप्रदी अटोपाट्र्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको जानकारी गराए । उनले वर्कशप व्यवस्थित गर्न टुल्सहरुको साथै घरायसी आवश्यकताका सामानहरु जस्तै मोटरसाइकल, टेलिभिजन, वासिङ मेसिन, मोबाइल फोनलगायतका सामाग्रीहरु प्रदान गरिएको जानकारी समेत त्यस अवसरमा दिए । उनले टाटा गुरुहरुलाई प्राविधिक रुपमा दक्ष बनाउने कार्यमा सिप्रदी सदैव तयार रहेको समेत बताए । उनले टाटा गुरुहरुलाई टाटा गाडिका डाक्टरको उपमा दिँदै डाक्टरले जहिले पनि सक्कली औषधि मात्र उपभोग गर्ने सिफारिस गरे जस्तै टाटा गुरुहरुले पनि नक्कली पार्टपुर्जा र आयलको प्रयोग गर्न नहुनेमा विशेष जोड दिएका थिए ।
देशभरबाट १०० जना टप टाटा गुरु सहभागि रहेको कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गर्दै नीजि क्षेत्रका प्राविधिकहरुका सीप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाउनुका साथ्रै टाटालाई नेपालको अटोमोबाइल क्षेत्रमा नम्बर एक बनाउन सहयोग पुर्याउने सम्पूर्ण टाटा गुरुहरुलाई धन्यवाद समेत व्यक्त गरे ।















प्रतिक्रिया