३० आश्विन २०८३, शुक्रबार

‘पुरुषका भन्दा महिला बढी काम लाग्छन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singhकाठमाडौँ, २४ असार । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशमा सिकेको सीप विदेशमा समेत काम लाग्ने भएकाले सीपको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका समाजकल्याण विभाग र महिला सिर्जनशील केन्द्र नेपालको आयोजनामा भएको १५ दिने प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले रोजगारीका लागि बिदेसिनेमा महिला पनि उत्तिकै रहेको र त्यसरी बिदेसिनेले सीप सिकेर गएर सजिलो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुरुषका तुलनामा महिला बढी सिर्जनशील हुन्छन् । उनीहरुलाई यस्ता सीपयुक्त कार्यक्रममा बढी सहभागी गराउनुपर्छ ।”

कार्यक्रममा पूर्वसभासद् कल्याणी रिजाल, समाजकल्याण विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्ग र नेपाली काँग्रेसका नेता हीराबहादुर तण्डुकारले महिलालाई दिइने यस्ता प्रशिक्षणपछि रोजगारीको समेत व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।