३० आश्विन २०८३, शुक्रबार

पाइनै छाड्यो ब्रोइलर कुखुरा, मासु खानेलाई चिन्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meat-chicken– अनिल खत्री 

गुल्मी २४ असार । उत्पादन घटेपछि ब्रोइलर कुखुराको मासु पाइनै छाडेको छ । जिल्लामा उत्पादन भएका कुखुरा जिल्लाबाट अन्यत्र निर्यात भएपछी सदरमुकाम सहित अन्य ठाउँमा कुखुराको मासु अभाव भएको हो ।

जिल्लामा रहेका कुखुरा व्यावसायीले जिल्लामा भन्दा बाहिरका जिल्लामा राम्रो मुल्य पाएर कुखुरा निर्यातका गर्दा जिल्लामा मासु अभाव भएको मासु व्यावसायी संघ गुल्मीका जिल्ला अध्यक्ष खड्गप्रसाद श्रेष्ठले बताए । गुल्मीमा उत्पादन भएका कुखुरा जिल्लामा भन्दा पाल्पा, बुटवलमा बढी मुल्यमा बिक्री हुने गरेकाले यहाँका व्यावसायीहरुले कुखुरा बिक्री गर्ने गरेको श्रेष्ठले बताए ।

जिल्लामा जिउँदो कुखुरा कतिमा बेच्ने भन्ने कुनै रेट नहुँदा यस्तो समस्या आएको जिल्लाका एक मासु व्यवसायी बिरबहादुर कर्कीले बताए । यहाँका कुखुरा व्यावसायीहरुले यहाँ भन्दा अन्य ठाउँमा बढी मुल्य पाएकाले मासु अभाव भएकोे कार्कीले बताए ।

जिल्लामा मासु व्यवसायी र कुखुरा व्यवसायीबीच जिउँदो कुखुरा कतिमा खरिद गर्ने कुनै रेट तोेकिएको छैन् । जिउँदो कुखुराको कुनै रेट नहुँदा कुखुरा व्यवसायीले जता बढी मुल्य पायो उतै बेच्ने गर्दछन् । जिल्लामा ब्रोइलर कुखुराको मासु प्रति केजी ३ सय २० मुल्यमा बिक्री गर्ने गर्दछन् भने जिल्लाको सदरमुकाम तम्घासमा मात्रै दैनिक ४ सय किलो भन्दा वढी बोइलर कुखुराको मासु खपत हुने गर्दछ ।

मासु नपाउँदा उपभोक्ताहरु मारमा परेका छन् । मासु खाने चिन्ताले उनीहरुलाई सताउन थालेको छ ।