४ कार्तिक २०८३, बुधबार

यस्तो छ कोइराला र ओली सिध्याउने उनीहरूको दाउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-KP-oliकाठमाडौं । भूकम्पको महाविपत्तिले निम्त्याएका बहुरुपी चुनौतिलाई राजनीतिक दलका नेताहरुले अवसरको रुपमा उपयोग गरिरहेका छन् ।

यसै सन्दर्भमा बिकसित राजनीतिक घटनाक्रमले बिपरित ध्रुवका नेताहरुलाई पनि एकै ठाउ“मा ल्याएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कम्पको बिपत्तिलाई सम्बोधन गर्न नसकेर थला परेको शुसील कोइराला नेतृत्वको सरकारलाई झन असफल बनाउन प्रधानमन्त्रीकै पार्टीका नेताहरु पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलको दौडधुप बढेको छ ।

आफू असफल भइएला कि भन्ने त्रासले आफ्नो कार्यकालमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको एक थान संबिधान जारी गरी मुलुकको इतिहासमा कृत्ति राख्ने उद्देश्य बोकेका प्रधानमन्त्री कोइरालालाई सहज बहिर्गमनको बाटो जान नदिन कांग्रेस भित्रैबाट खेल शुरु भएको छ ।

संबिधानसभामार्फत संबिधान लेख्ने नेपाली जनताको ६ दशक लामो इच्छा, प्रयास र एक दशक यताको राजनीतिक दलहरुको मूल राजनीतिक एजेण्डालाई सफल बनाउन सत्तासाझेदारदेखि प्रमुख प्रतिपक्षी दलसग समेत लचकदार भएर प्रस्तुत भएका प्रधानमन्त्री कोइरालाप्रति उनकै सहकर्मीहरुले यतिधेरै अनुदार कार्यशैली प्रस्तुत गरेका हुन् ।

प्रमुख चार राजनीतिक दलसग १६ बुदे सहमति गरेर भएपनि चा“डो संबिधानसभाबाट संबिधान जारी गरी सक्रिय राजनीतिबाट बिदा लिने सुशील कोइरालाको असल कार्यदिशालाई समेत पार्टी बरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेलले असहयोग गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले संबिधान जारी गर्ने अवसर पाउनु उत्तम बाटो हो भन्दै कांग्रेसका नेता कार्यकर्तादेखि बिपक्षी दलका नेतासमक्ष डिंग हाक्न पछि नपर्ने देउवा र पौडेलले १६ बुदे सहमति बमोजिम नैं संबिधानसभाको मस्यौदा समितिले काम अघि बढाएपछि षडयन्त्रको तानाबुनामा लागेका छन् ।

१६ वु“दे सहमति अनुसार संबिधानको मस्यौदा लेख्ने र संबिधानसभामा प्रवेस गराउनेसम्मको कार्य त्यति सहजै ढंगले सम्पन्न होला भन्ने नसोचेका देउवा र पौडेलले संबिधानसभामार्फत संबिधान जारी हुने अवस्था देखेपछि पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापति मार्फत कोइराला नेतृत्वको सरकार पार्टीमाथि घेराबन्दी शुरु गरेका छन् ।

मस्यौदामा पार्टीको एजेण्डाहरु प्रवेस नगराई कम्युनिष्टको एजेण्डा समातेको भन्दै पार्टी महामन्त्री एबं मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलामाथि आलोचनाको बर्षा गर्न लगाएका थिए ।

तर सिटौलाले आफ्नो अडान पार्टी सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाको दिर्नेशन बमोजिम नछोडी संबिधानको पहिलो मस्यौदा संबिधानसभासमक्ष प्रस्तुत गरेपछि नेताद्धय तिल्मिलाउन थालेका हुन् ।

चार दलका शीर्ष नेताबीचको भद्र सहमति अनुसार संबिधानसभाको दोस्रो ठूलो दलको संसदीय दलको नेताको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सरकारको नेतृत्व लिने पक्का जस्तै भएपछि नेताद्धयको मनमा चिसो परेको हो ।

सभापति कोइरालालाई संबिधान जारी भइसकेपछि राष्ट्रपतिको जिम्मेवारी दिने बिषयमा प्रमुख चार दलका शीर्ष नेताबीच भद्र सहमति भएकै पनि हो ।

तर सभापति कोइराला आफू राष्ट्रप्रमुख हुने भएपछि पार्टीको नेतृत्व कसलाई देलान भन्ने बिषय निश्चित नभएपछि दुबै नेतामा चिसो परेको हो ।

दुबै नेताले संबिधानसभा मार्फत संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्न सफल भएको सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले र दाता सम्मेलनमार्फत धेरै दाताको सुझाव लोकतान्त्रिक दलकै नेतृत्वमा सरकार निर्माण हुनु पर्ने भनेकाले कांग्रेसले सरकारको नेतृत्व छोड्न नहुने भन्दै पार्टी नेतृत्वलाई गलाउने रणनीतिमा आफू निकटका केन्द्रीय सदस्य र पार्टीका जिल्ला सभापतिलाई उचाल्ने गरेका छन् ।

संबैधानिक राष्ट्रप्रमुख पाउने आशमा सभापति कोइरालाले सरकारको नेतृत्व एमाले जस्तो कम्युनिष्ट पार्टीलाई दिइएमा पार्टी नैं कमजोर हुने भन्दै सरकारको नेतृत्व एमालेलाई दिन नहुने लबिङमा नेताद्वय क्रियाशिल भएका छन् ।

यता, आफ्नो इमान जमान र प्रतिबद्धतामा कहिल्यै सम्झौता नगर्ने र उदेश्य बमोजिमको कार्य गर्दै आएका सभापति कोइरालाले संबिधान जारी भएपछि आफूले सत्ता छाड्ने र सरकारको नेतृत्व एमालेलाई दिने निष्कर्षमा पुगिसकेका छन् ।

कोइरालाले राजनीतिमा आफूले हालसम्म कसैलाई पनि कहिल्यै पनि धोका नदिएको भन्दै कोइरालाले सबै किसिमको जालझेल र षडयन्त्रलाई चिर्दै आफुलाई इमान्दारीतापूर्ब सहयोग गर्ने नेता पदाधिकारीलाई नैं उत्तराधिकारीको रुपमा प्रस्तुत गर्ने मुडमा रहेको बालुवाटार स्रोतले जनायो ।

देउवा र पौडेलले भने पार्टी जिल्ला सभापतिहरुलाई पार्टी महाधिवेसन सार्न र केन्द्रीय सदस्यहरुलाई आगामी सरकारको नेतृत्व कांग्रेसले नैं लिनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिन सल्लाह र सुझाव दिइरहेका छन् ।

सरकारको नेतृत्व कांग्रेसबाटै हुनुपर्ने आवाज जोडतोडले उठेर दबाब सृजना भए कोइराला एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकसग गरेको सहमतिबाट पछि हट्न बाध्य हुने बिश्वासमा देउवा र पौडेल लागेका छन् ।

नेताद्वय यतिवेला महाधिवेसनको समय केही पर सार्न सकेमा पनि सरकारको आलोचना गरेर कोइरालालाई असफल बनाउन सकिन्छ भन्ने मनोबिज्ञानबाट अभिप्रेरित भएका छन् ।

नेता देउवालाई संसदीय दलको नेताबाट कोइरालाले अबकास लिएमा आफै नेता हुने र एमालेलाई नेतृत्व नदिएपछि उ टाढिन्छ र एमाओवादीसग मिलेर सरकार चलाउन सकिन्छ भन्ने डिजाइनमा लागेका छन् ।

उनले यसको लागि एमाओवादी पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईस“गको छलफललाई बाक्लो बनाउदै लगेका छन् ।

यता पौडेलले भने १६ बुदे सहमति गर्दा पार्टीमा छलफल नगरेको भन्दै कोइरालाले सरकार छोडेपछि उत्ताराधिकारीको रुपमा आफुलाई घोषणा नगरेको भनेर गुनसो गरेका छन् ।

त्यसैले त पौडेलले चार दलबीच भएको १६ बुदे सहमतिको बिरोध पनि गर्दै आएका छन् ।

पौडेलले पार्टीको आगामी महाधिबेसनमा आफूलाई संस्थान पक्षको तर्फबाट सभापतिमा उम्मेदवार बनाउन कोइरालाले प्रतिबद्धता ब्यक्त गर्नु पर्ने भन्ने आशमा बसेका छन् ।

तर कोइराला त्यो घोषणा गरेर महामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रपति डा. रामबरण यादवलाई चिड्याउन चाहदैनन् ।

महामन्त्री सिटौलालाई पार्टी वा सरकारको नेतृत्वमा नपु-याएसम्म आफू राष्ट्रपति बन्न नसकिने भन्ने कुरा स्पस्टसग बुझेका सभापति कोइराला सिटौलापछिको बरियतामा बीपी पुत्र शसांक कोइरालालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने रणनीतिमा लागेका छन् ।

तर सभापति कोइराला आफूले नेतृत्व गरेको सरकारकै समयमा संबिधान घोषणा नभएसम्म केही पनि नबोल्ने पक्षमा रहेको बालुवाटार स्रोत बताउ“छ ।