काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाच जना आयुक्तहरु नियुक्ति हुनुअघि झण्डै दुई वर्ष प्रहरीमा आतंक नै मच्चाए ।
आइजीपी उपेन्द्रकान्त अर्याललाई ५० करोडको हतियारको टेण्डर खुलाउन दबाब दिंदा अर्यालले बरु राजिनामा दिने तर टेण्डर नखुलाउने जानकारी गराएपछि कार्कीले अर्याललाई फसाउन अनेक उपाय रचिरहेको अख्तियार स्रोत बताउछ ।
पछिल्लो समयमा प्रहरीमा सरुवा र बढुवामा समेत हस्तक्षेप गर्न कार्की पछि परेका छैनन् ।
उनले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अख्तियारमा कार्यरत एसएसपीद्धय यादवराज खनाल र केदार रिजालमध्ये एकलाई पठाउन अर्याललाई दबाब दिइरहेको स्रोत बताउछ ।
लोकमानको पावर देखाउने एसएसपी रिजाललाई यसअघि पनि परिसरमा उल्लेखनिय काम नगरेको भन्दै आईजीपी अर्यालले रुचाएका छैनन् ।
उता बाकेका काग्रेस सभापतिका छोरा एसएसपी राजेन्द्रमान श्रेष्ठलाई परिसरमा पठाउन प्रधानमन्त्री सुशील कोइरालाले दबाब दिएका छन् ।
त्यस्तै दलाल र आफूलाई राजनीतिकर्मी भएको भन्न रुचाउने एक समुहले काठमाडौं परिसरमा एसएसपी दिनेश आमात्य ल्याउन लाखौं रुपैया पर्ने रक्सीको बोतल फोर्न थालेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तम कार्कीको समय अबधिको कारण सरुवा हुने निश्चित भएपछि दलालहरु आफू निकट एसएसपी आमत्यलाई ल्याउन रक्सिको बोतलका साथै माफिया ग्याङको भेला र सम्मेलन याक एण्ड यति
होटलको स्वमिङ पुलमा र लाजिम्मपाटस्थित भेनस रेष्टुरेन्टमा गर्दै आएका छन् । यसको नेतृत्व क्यासिनो दलाल बलराम सापकोटाले गरेका छन् ।
दलाल सापकोटासग एसएसपी अमात्यको अपराध महाशाखामा हुदा सम्बन्ध प्रकाड बनेको थियो । त्यति बेला सापकोटाले एसएसपी अमात्यको पैसा मिटर व्याजमा लगाई उनलाई आफ्नो बनाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई आफ्नै बाबु झै ‘केपी बा’ को नामले सम्बोधन गर्ने सापकोटाले आईजीपी उपेन्द्रकान्त अर्याललाई उनै ‘बा’ मार्फत दवाब दिन लगाएको प्रहरी स्रोत बताउछ ।
महानगरीय अपराध महाशाखामा एसएसपी सर्बेन्द्र खनालको सरुवा भएपछि छट्पटाएका दलालहरुले आमात्यलाई परिसरमा ल्याएर राहतको सास र्फेन लागेको स्रोत बताउ“छ ।
उता आईजीपी अर्याल भने आफ्नो कार्याकाल सफल भएको महशुस गर्न परिसरमा पनि कसैसग नझुग्ने तथा दलालसग सम्झौता नगर्ने एसएसपीको खोजीमा छन् ।
उपत्यकाका तीन जिल्लालाई सुरक्षीत राख्न सके आफ्नो कार्याकाल सफल हुने आईजीपी अर्यालको बुझाई रहेको छ ।
जसको लागि उनले काठमाडौं परिसरमा आफूलाई बाघको डमरु सम्झने एसएसपी बिक्रमसिंह थापालाई पठाउने तयारीमा छन् ।
अपराध महाशाखा एसएसपी खनाल र ललितपूर परिसरमा एसएसपी पिताम्बर अधिकारीलाई दुई साता अघि नै सरुवा गरेका अर्याल अब काठमाडौं परिसर र आयुक्तको कार्यालयमा सक्षम प्रहरी अधिकृत पठाउनको लागि कसैसग सम्झौता नर्गने अडानमा रहेको सचिवालय स्रोत बताउछ ।
स्रोतका अनुसार राजनीतिक दबाबका कारण सरुवाको निर्णय हुन सकेको छैन ।
अमात्य आफैमा सक्षम प्रहरी अधिकृत भएपनि दलालस“ग उठबस गरेका कारण आईजीपी अर्यालले उनलाई पठाउन नचाहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।















प्रतिक्रिया