४ कार्तिक २०८३, बुधबार

किन विर्सिए थापाले आफ्नो मर्यादा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले पैसाका लागि जे पनि गर्छन् भन्ने कुरा प्रष्ट भएको छ ।

धेरै पैसा आउने गुण्डाहरुको मुद्दालाई प्राथमिकताका साथ हेर्ने उनले हालै पदीय मर्यादाविपरीतको काम गरेपछि उनीमाथि प्रश्न उठेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

थापाले वादी र प्रतिवादी दुवैको पक्षमा एउटै मुद्दामा बहस गरेर न्यायलयका कर्मचारीलाई अचम्ममा पारेका छन् । जून विषयमा नेपाल बार काउन्सिलले उनीमाथि छानबिन थालेको छ ।

गेहेन्द्रमान सिंह र हंसमान सिंह भएको ‘गाह्रो भत्काई खिचोला मेटाई पाउ’ भन्ने मुद्दामा उनले दुवै तर्फबाट बहस गरेका हुन् ।

बादी कृष्णमान सिंह र प्रतिबादी गेहेन्द्रमान सिंह भएको हक कायम दर्ता नामसारी मुद्दा २०६५ सालमा दायर भएको थियो । यस्तै बादी कृष्णमान सिंह र प्रतिबादी हंसमान सिंह भएको हक कायम दर्ता नामसारी सम्बन्धि अर्काे मुद्दा त्यहीबेला दायर भएको थियो । उक्त मुद्दामा बादी कृष्णमान सिंहको तर्फबाट अधिबक्ता शम्भु थापा र लोक भक्त राणाले बहस गरेका थिए ।

हंसमान सिंह, गेहेन्द्रमान सिंह र कृष्णमान सिंह बीच मिति २०२१ साल कात्तिक २७ गतेको वण्डाबाट विभिन्न सम्पत्तिहरु वण्डा गर्ने क्रममा कहिले प्रतिवादी हंसमान सिंह र बादी गेहेन्द्रमान सिंह बीच गाह्रो भत्काई खिचोला मेटाई पाउं भन्ने मुद्दा दायर भएको त कहिले बादी कृष्णमान सिंह र प्रतिबादीहरु हंसमान सिंह र गेहेन्द्रमानबीच हक कायम दर्ता नामसारी मुद्दा दायर भएको थियो।

त्यस्तै हक कायम दर्ता नामसारी मुद्दामा निजले गेहेन्द्रमान सिंहको विपक्षमा बहस गरेका थिए । यसरी एउटै अधिवक्ताले एउटै इजलासमा कहिले गेहेन्द्रमान सिंहको तर्फबाट त कहिले गेहेन्द्रमानको विपक्ष तर्फबाट वहस गरेपछि धेरै वकिलहरुले आश्चर्य व्यक्त गरेका छन् ।