४ कार्तिक २०८३, बुधबार

डकैतीको पैसाबाट फिल्म हल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raonraj jeet Tamangकाठमाडौं । शनिबार बिहान २ बजे प्रहरीले एक गुण्डालाई गोली हानी पक्राउ गर्‍यो ।

अन्डरवर्ल्डको शैलीमा पैसा माग्दै गोली हान्ने धम्की दिने काभ्रेली समूहका सन्कि लामा भनिने रावणजीत लामा आफैंले प्रहरीको गोली खाएका थिए ।

भूकम्पको मौकामा सिन्धुपाल्चोक जेलबाट भागेका उनलाई पक्राउ गर्ने क्रममा अर्का एक व्यक्ति पनि पक्राउ परे ।

लामालाई पक्राउ गर्न खोज्दा प्रहरीको अगाडि दादागिरी देखाउने भक्तपुरका उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

अनुसन्धानको क्रममा उनी डरलाग्दो अपराधिक पृष्ठभूमी भएका व्यक्ति भएको खुलेको छ । अपराधीकै पैसाबाट उनले करोडौं सम्पत्ति जोडेको समेत पाइएको छ ।

श्रेष्ठले भक्तपुरको बाराही सिनेमा हलमा शेयर हाल्नुका साथै भक्तपुरमा विभिन्न स्थानमा जग्गा किनेको अनुसन्धानमा खुलेको छ ।

२०५४ सालमा ठमेलको ठैटीमा एक करोड रुपैया बराबरको डलर डकैती गरेको आरोपमा उनी १ वर्ष जेल बसेका थिए । तीन वर्ष जेल बसेर छुटेलगत्तै उनले उक्त डकैती गरेका थिए ।

ग्याङ फाइटमा एक व्यक्तिको हत्या आरोपमा २०५१ सालमा उनी जेल परेका थिए ।

पछि सुकेधारामा सुलभ सहकारीका नाममा सर्वसाधरणको करोडौं ठगेर मस्ती गरेको अनुसन्धानमा खुलेको छ ।

पछिल्लो समय भक्तपुरमा जग्गा प्लटिङ र असुली धन्दा चलाउ“दै आएका थिए ।

उनी अरु पनि अपराधमा संलग्न रहेको आशंकामा प्रहरीले छानबिन थालेको छ ।

त्यसैगरी ग्याङ फाइटको तयारीमा रहेका दुई गुण्डाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती १ बजे काभ्रेली समूह र हेटौंडाका बिश्वक्रान्तिको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

राप्रपा निकट भएर गुण्डागर्दी गर्दै आएका बिश्वक्रान्ति सिंह र कमल भन्ने संजीव बस्नेत तथा शिव ज्वाला समेत पक्राउ परेका छन् ।

त्यस्तै काभ्रेली समूहका धन कुमार तामाङ, उमेश तामाङ, अजय तामाङ र यूवराज भट्टलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुई समूह झगडा गर्न लागेको सूचना पाएपछि आईक्बल अगाडिबाट पक्राउ गरिएको महानरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले बताए ।

उनीहरुलाई पक्राउ परेका बिश्वक्रान्ति हेटौंडाका नामुद गुण्डा हुन् । पछिल्लो समय ललितपुरलाई आधार मानेर उनी गुण्डागर्दी गर्दै आएका छन् ।

ललितपुरमा रेष्टुरेन्ट समेत चलाउदै आएका उनी व्यापारीहरुलाई धम्काएर पैसा समेत असुल्ने गरेका छन् ।

त्यस्तै बाफलका डन समिरमानसिंह बस्नेत र ललितपुरका डन मिनकृष्ण महर्जनले पनि धम्क्याएर रकम असुल्ने गरेको उजुरी महाशाखामा परेको छ ।

डन बस्नेतले नेपालगञ्जका डन रिगल नेपाल मार्फत फिरौती असुल्ने गरेको स्रोत बताउछ ।

महानगरीय अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनाल आएपछि गुण्डाहरु तर्सिन थालेको समाचार यूनाइटेड पोष्ट सप्ताहिकले समाचार छापेको छ ।