४ कार्तिक २०८३, बुधबार

भागेका कैदी बेबिलोन डिस्कोमा किन नाच्दै थिए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rawanjit-Tamangकाठमाडौं, २४ असार । भूकम्पमा भत्केको सिुन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोली हान्निँदै सुन्धारा आइपुग्यो ।

सादा पोसाकका प्रहरी डिस्को फ्लोरमा पुग्दा सूचना सत्य देखियो । लागू औषध मुद्दामा १० वर्ष कैद सुनाइएका रावणजीत तामाङ साथीहरुसँग मस्त नाचिरहेको समाचार नागरिक दैनिकले छापेको छ ।

उनी बाहिर निस्केलान् र जालमा पारौंला भनेर प्रहरी बाहिर बसिरहे ।

सवा २ बजे उनी डिस्कोबाट केही साथीसँग निस्किएलगत्तै प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्यो । तर, समूहले नै प्रतिवाद गरेपछि तीन राउन्ड गोली चलाउनुपर्यो ।

तीघ्रामा गोली लागेका उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएर थप जाँचबुझ गर्न टेकु आएको प्रहरी त्यतिबेला जिल पर्यो , जब गोली हानेर नियन्त्रणमा लिइएका व्यक्ति कारागारबाट भागेका रावणजीत नरहेको खुल्यो ।

कारागारसँग सोधपुछक्रममा रावणजित मकवानपुरको भीमफेदी जेलमा रहेको खुल्यो ।