काठमाडौं, २४ असार । संविधानसभाको पहिलो मस्यौदामा सर्वसाधारणको सुझाव संकलनमा जाने सभासदहरुलाई सरकारले हेलिकप्टर उपलब्ध गराउने भएको छ ।
जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा साउन ४ र ५ गते संविधानमाथि अन्तरक्रिया गरिने कान्तिपुर दैनिकले समाचार छापेको छ ।
त्यसमा सहभागी हुने सभासदका लागि सरकारले भरपर्दो सुरक्षा र यात्रा प्रबन्ध गरेको हो ।
सडकमार्गबाट जान अप्ठेरो पर्ने र धेरै टाढाका ठाउँमा हेलिकप्टर दिन लागिएको हो ।















प्रतिक्रिया