२७ असार २०८३, शनिबार

सामसङ नेपालको ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । सामसङले त्रु एआई कम्प्यानीयन भएको स्मार्टफोनहरू ल्याएको जनाएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए ।

‘सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको थियो । अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र तपाईँको यो त्रु एआई कम्प्यानियनले तपाईँको स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दैछ । ग्यालेक्सी एस२५ सिरिजले तपाईँलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै तपाईँलाई कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले भने ।

ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।

ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर प्रयोगकर्ताका अन्तरक्रियाहरूलाई न्याचुरल बनाउने कम्पनले जनाएको छ । ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्तालाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ । साथै, जिफ शेर गर्ने वा इभेन्टको विवरण राख्ने कार्यहरू जस्ता कामको लागि झन्झट बिना विभिन्न एपहरू बीच सजिलै सँग स्विच गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर बिहीबारदेखि सुरु भएको छ । यो फागुन १ गतेसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबी बाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो छ । यसको मूल्य ३१ हजार ९९९ रहेको छ । अफरमा १४ हजार ९९९ मा पाइने छ । साथै, ३ हजार ३९९ मूल्य रहेको सिलिकन कभर १ हजार ५०० रुपैयाँमा पाइने छ ।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ ।

यसैगरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोरमार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।