काठमाडौं, २३ असार । रेमिटेन्समा सहकारीको भूमिका विषयमा आईएमई ग्रुपले मंगलबार राजधानीमा छलफल गरेको छ ।
आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडको आयोजना तथा आईएमई लिमिटेड र आईएमइ अटोमोटिभको सह-आयोजनामा ७५ जिल्लाबाट १/१ वटा सहकारी संस्थाबाट संस्थाका अध्यक्ष, संचालक, व्यवस्थापक मध्येबाट १/१ जनाको प्रतिनिधित्व गराई रेमिटेन्समा सहकारीको भूमिका विषयक १ दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष योगेश्वर शर्मा ढकालले गर्नुभएको थियो भने कार्यक्रमको समुद्घाटन सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीबाट पोखराको ग्राण्ड होटल बिरौटामा सम्पन्न भएको थियो ।
संस्थाका कार्यकारी प्रमुख अर्जुन पौडेल शर्माले उपस्थित अतिथिलाई स्वागत गर्दै आईएमई लिमिटेड संगको समन्वय एवं सहकार्यमा, नीति नियमको परिधिभित्र रही नेपालभरका सहकारी संस्थाहरुसंग रेमिटान्स कारोबारमा सहकार्य गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष योगेश्वर ढकालले विश्वका विभिन्न मुलुकमा रहेका दाजुभाई, दिदी बहिनीहरुले आफन्तलाई पठाएको रकम विश्वसनिय तवरले गाउ तथा सहरमा रहेको सहकारी सस्थाबाट संस्थागत रुपमा भूक्तानी दिई रेमिटेन्सबाट आउने रकमलाई संस्थामा निक्षेप गर्न लगाई संस्थाको पूँजी बृद्धिगरी आफ्ना शेयर सदस्यहरु को लागी आन्तरिक पूँजीको परिचालनमा मद्दत पुग्ने हुँदा बचतगर्ने बानीको बिकास गराउने एवं फजुल, अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीलाई नियन्त्रण गर्न सकियोस भन्ने लक्ष्य रहेको र हालसम्म हामीसंग १२ सय सहकारीले आवद्धता गर्न पत्राचार गरेकोमा ६ सयले आवद्धता लिई सकेको छ भने बांकी लिनेक्रममा रहेका छन् । आगामी बर्ष यस कार्यक्रमलाई निरन्तरता दिंदै जाने र रिजनल बेसमा कार्यक्रम राखिने बताउनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि, युवा उद्धमी, ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आईएमईले १५ बर्ष पहिलादेखी सुरु गरेको रेमिटान्स कारोेबार विश्वभर फैलिएको, नेपालमा बैंक वित्तिय संस्था र व्यक्तिहरुलाई एजेन्ट प्रदान गरी रेमिटान्स कारोबार गराउ“दै आएकोमा सहकारी संस्थाहरु शहर देखी गाउगाउ सम्म खोलिएका र यस्तो संस्था हज्जारौ भएकोेले गतबर्ष देखी १ गाउ १ सहकारीमा आईएमईको कारोबार भन्ने अभियानका साथ कार्यक्रम बढाईएकोमा गतबर्ष देखी आईएमई को–अपरेटीभ सर्भिस लिको सहकार्यमा देशभरका सहकारीहरुलाई सब एजेन्टको रुपमा आवद्धता गराई कारोबार गर्ने लक्ष लिएको छ र रेमिटान्सबाट आएको रकमलाई सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।
सो अवसरमा विगत वर्षहरुदेखी आईएमई समुहले किसानहरु, व्यवसायीहरु एवं संघ संस्थाहरुलाई आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका सामे ट्रयाक्टर, अशोक लिल्याण्डका पिकअप, ट्रक का साथै मोटरसाईकलहरु, लोडर, एक्साभेटर आदि उपभोक्ता माझ ल्याईसकेको समेत जानकारी गराउनु भएको थियो ।















प्रतिक्रिया