काठमाडौं, २३ असार । ‘शक्ति’ भन्ने चिज सधैैं एकनासको हुँदैन ।
लोकमानसिंह कार्कीले सिपाहीदेखि डिएसपीसम्मलाई यसरी लात हानिदिएका छन् कि, एकाथरि प्रहरीमाथि अन्याय भएको देख्दा देख्दै पुलिसकै एआइजीबाट रिटायर्ड भई अख्तियार आयुक्त बनेका केशव बरालले दाह्रा किटेर बस्नबाहेक केही गर्न सकेनन् ।
आयुक्तहरुको कोठाभित्र को जान्छ, को निस्कन्छ र के–के कुरा हुन्छ भन्ने रिपोर्ट चाहिने लोकमानले प्रहरीकै विशिष्ट श्रेणीबाट अवकाश पाएका बरालका पछाडि पनि सुराकी खटाउन बाँकी राखेनन् ।
अर्थात बरालकै सुरक्षा सहयोगी खोसेको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।
अहिले त्यहा प्रहरी मुख्यालयस्थित ‘कप्र’को गोप्य शाखाबाट इन्स्पेक्टर चन्द्र लामा पठाइएका छन्, जो बरालको रुची अनुकुलताका व्यक्ति मानिदैनन् ।
त्यसमध्येका सिपाही विष्ण गुरुङले थमौतिका लागि रुवाबासी गरेपछि बरालले त्यहाँका डिआइजी पशुपति उपाध्ययलाई हाकिमी शैलीमै सोधे,‘किन यस्तो भयो ? ’ तर, पशुपतिले रुखो शैलीमा ‘मलाई थाह छैन ,उतै सोध्नूस् भन्दै लोकमानतिरै औला तेस्र्याए । आफ्नै डिआइजी बांगिएपछि अरुसँग के सोधून बरालले !















प्रतिक्रिया