
काठमाडौं, १२ माघ । एपीएफ क्लब एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबमाथि जित हासिल गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
एपीएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।















प्रतिक्रिया