काठमाडौं, २२ असार । सरकारले किसानलाई एक लाख रुपैयाँका दरले अनुदान दिने भएकोे छ ।
कृषि तथा पशुसम्बन्धी तालिम लिई इजरायलबाट फर्किएका मध्ये झापाका ४३ जना किसानलाई सरकारले अनुदान दिने भएको हो ।
कृषि र पशुपालनसम्बन्धी व्यवसाय सञ्चालन गर्न किसानलाई जनही एक/एक लाखका दरले अनुदान रकम दिन लागिएको हो । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत शालिग्राम भट्टराईका अनुसार ३९ जना किसानले कृषि तथा चारजनाले पशु व्यवसाय सञ्चालनका लागि रकम पाउने छन् ।
साना किसान विकास बंैक र साना किसान कृषि सहकारी संस्थामार्फत छनोट भएर तालिममा सहभागी भएका किसानलाई स्वदेशमै उद्यम सञ्चालन गर्न सो रकम प्रदान गर्न लागिएको हो ।
सरकारले केही दिनभित्रै छनोटमा परेका किसानको व्यवसायको स्थलगत अवलोकन गरी रकम प्रदान गर्ने भट्टराईले बताए ।















प्रतिक्रिया