२९ आश्विन २०८३, बिहिबार

प्रेस युनियनको महाधिवेशन स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।

मुलुकका विभिन्न चार निर्वाचन क्षेत्रमा आगामी असार ८ गते उपनिर्वाचन हुन गइरहेको र त्यसमा युनियन सम्बद्ध सञ्चारकर्मी समाचार सङ्कलन तथा सम्प्रेषणमा व्यस्त रहनुपर्ने भएकाले महाधिवेशन स्थगित गरिएको युनियनले बताएको छ । महाधिवेशनको अर्काे मिति नतोकिए पनि आगामी असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले छिट्टै मिति तोक्ने युनियनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।