३० आश्विन २०८३, शुक्रबार

जितु नेपाल, कोमल ओली, बद्रि पंगेनी तथा अन्य कलाकारले अमेरिका घन्काउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-entenament-programme
– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको बिभिन्न शहरहरुमा नेपाली समुदाय, नेपाली भाषी भुटानी समुदायलाई समेत लक्षित गर्दै नेपालका ख्याती प्राप्त बिबिध विधाका कलाकारहरुले अमेरिका घन्काउने भएका छन् ।
 
२०७२ तिज, दशैं तथा तिहार धमाका नामाकरण गरिएको सांगीतिक यात्रामा नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल, प्रख्यात गायिका कोमल ओली, प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा निरु खड्काको प्रस्तुति रहने भएको छ ।
 
यसको साथै आधुनिक गायकद्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज) भुटानी ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने छ । कलाकार निरु खड्का बाहेक जितु नेपाल, कोमल ओली, बद्रि पंगेनीको अमेरिकामा पहिलो प्रस्तुतिको साथै पहिलो अमेरिकाको भ्रमण रहेको वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक/प्रमुख बुद्धी प्रसाद रेग्मी बताए ।
 
२०७२ तिज, दशैं तथा तिहार धमाकाको मुख्य उद्देश्य भनेको मनोरंजनको साथै सेवा भावना रहेको छ । यस कार्यक्रमको माध्यमबाट नेपाली भाषीहरुलाई पनि मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य पनि रहेको बताइएको छ ।
 
२०७२ तिज, दशैं तथा तिहार धमाकाको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रालिको सयुक्त रुपमा आयोजना गरिने भएको छ ।
 
यसको लागि कलाकारहरु अगस्त २७ तारिख अमेरिका अवतरण गर्ने भएका छन् भने कार्यक्रम अगस्त २९ देखी नोवेम्बर १ सम्म अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने भएको कार्यक्रम संयोजक भानु फुएलले जानकारी दिएका छन् । यसै गरि नेपाली तथा भुटानी समुदायले यस कार्यक्रमको सह आयोजना गर्ने छन् ।
 
अमेरीकाका विभिन्न राज्यहरुका करिब ५० प्रतिसत ठाउँमा बुकिङ्ग (आरक्षित)भै सकेको जानकारी बुद्धी प्रसाद रेग्मी दिए । कार्यक्रमको उद्घाटन पेंसेलभेनिया राज्यको पिट्सबर्गमा अमेरिकाकाका बिशिस्ट व्यक्तित्वहरुका बिच अगस्त २९ तारिख गरिने भएको छ ।
 
अन्य शहरमा कार्यक्रम सह आयोजना गराउन चाहना राख्ने व्यक्ति तथा संघ/संस्थाले बुद्धी प्रसाद रेग्मी (४१०२९२०५१६/usa@wbmconsultant .com)तथा भानु फुएल (४१२७५८१९१२/[email protected]) मा सम्पर्क गर्ने सक्नु हुने छ भनि छापा बिज्ञप्तिमा जनाईएको छ l
 
यस कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरिने बुद्धी प्रसाद रेग्मीले जानकारी गराए l