
काठमाडौं, ५ माघ । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिइन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाइन् ।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १/१ विकेट लिएकी थिइन् ।








प्रतिक्रिया