१ कार्तिक २०८३, आइतबार

संसद बस्न समय लाग्ने भएकाले चाँडो काम गर्न अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बस्न समय लाग्ने भएकाले चाँडो काम गर्न अध्यादेश ल्याइएको बताएका छन् ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कतिपयले अध्यादेशबाट देश चलाउन लाग्यो भनेर विरोध गरिहरेका बताउँदै संसद बस्न दुई महिना ढिला हुने भएकाले काम चाँडै गर्न अध्यादेश ल्याइएको बताएका हुन् ।

उनले भने, अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो ।अध्यादेश छुट्टै पृथक होइन ।’

अध्यादेश छुट्टै पृथक नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सबैले आफ्नो अधिकार र सीमाभित्र रहेर काम गर्नुपर्ने स्पष्ट पारे ।