काठमाडौं, २२ असार । घनाबस्तीका क्षेत्रमा टावर राख्न नपाउने गरी दूरसंचार प्राधिकरणले निर्देशिका ल्याउने भएको छ । वैशाख १२ मा भूकम्पले टावरको समस्या सृजना भएपछि प्राधिकरणले निर्देशिका ल्याउन हतारो गरिरहेको छ ।
नयाँ निर्देशिका कार्यान्वयन भए टेलिकम कम्पनीले टावर जंगल छनोट गर्नुपर्ने हुन्छ । यो सम्भव नभए खुल्ला सार्वजनिक क्षेत्र रोज्नुपर्नेछ । जंगलमा टावर जडान गरिएपछि २४ सै घण्टा घना जंगलमा समेत इन्टरनेट चलाउन पाइनेछ । इन्टरनेटको पहुँचमा जंगल पनि हुनेछन् ।
बस्तीको क्षेत्र छाड्न नमिले त्यस क्षेत्रका खुला पार्कमा मात्र टावर राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया