४ कार्तिक २०८३, बुधबार

महानिर्देशक सुवेदीले कीर्ते गरेर नागरिकता सच्याएको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat-subedi-1काठमाडौं, २२ असार । सामान्य प्रशासन मन्त्रालयद्वारा गठित छानबिन समितिले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले कीर्ते गरी उमेर सच्याएको प्रमाणित भएको उल्लेख गर्दै निजामती किताबखानाको उनको सिटरोलमा शैक्षिक प्रमाणपत्रअनुसार जन्ममिति कायम गर्न सिफारिस गरेको छ ।

सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित समितिले निजामती किताबखानाबाट गायब पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्दा पनि नभेटिएको उल्लेख गर्दै शैक्षिक प्रमाणपत्रअनुसारको जन्ममिति कायम गर्न सिफारिस गरी सोमबार मन्त्रालयलाई प्रतिवेदन बुझाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

समितिले सुवेदीका जन्ममिति २०१४ र २०१७ उल्लेख भएका दुवै नागरिकता खोज्दा नभेटिएकोसमेत उल्लेख गरेको छ । नागरिकता नभेटिए पनि समितिको सिफारिसअनुसार निजामती ऐनअनुरूप निजामती किताबखानाले सुवेदीको सिटरोलमा शैक्षिक प्रमाणपत्रअनुसारको जन्ममिति २०१४ असोज १५ कायम गर्नुपर्नेछ ।

शैक्षिक प्रमाणपत्रअनुसारको जन्ममिति कायम भएपछि सुवेदीले आगामी असोज १५ मा नै ५८ वर्ष पूरा गरी सेवाबाट अवकास पाउनेछन् ।