४ कार्तिक २०८३, बुधबार

अब सशस्त्र प्रहरीलाई गोली हान्ने अधिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-Nepal-Policeकाठमाडौं, २२ असार । सशस्त्र प्रहरी बलको नयाँ नियमावलीले सशस्त्र कर्मचारीलाई कार्यक्षेत्रमा आवश्यक परे आफैँले निर्णय गरी गोली हान्न सक्ने अधिकार दिएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ मा कर्तव्यपालनाका क्रममा कहीँबाट बाधाअवरोध भए अन्तिम बल अर्थात गोली चलाउन कसैलाई सोध्नु नपर्ने समाचार नागरिक दैनिकले छापेको छ ।

नेपाल प्रहरीलाई गोली हान्ने अधिकार रहेपनि जिल्ला सुरक्षा प्रमुखको हैसियतको प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

सुरक्षा संगठनमध्ये नेपाली सेनालाई परिचालित अवस्थामा मात्र गोली हान्न कसैको अनुमति लिनु नपर्ने अधिकार दिइएको छ ।