९ श्रावण २०८३, शनिबार

महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति यून सुक पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । दक्षिण कोरियामा महाभियोग लागेका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । यूनलाई प्रहरीले बुधबार बिहान राष्ट्रपति भवनबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे यूनलाई पक्राउ गरिएको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले जनाएको छ । यसअघि जनवरी ३ मा पक्राउ टोली फर्किनु परेको थियो तर यसपटक प्रहरीको ठूलो टोलीसहित अफिसरहरू राष्ट्रपति निवासमा प्रवेश गर्न सफल भए र एक महिनापछि राष्ट्रपति यून पक्राउ परे ।

समाचार अनुसार बिहान साढे ४ बजेबाट राष्ट्रपति निवासबाहिर अधिकारीहरू आउन थालेका थिए । यस क्रममा संयुक्त राष्ट्र संघका समर्थक र विपक्षीहरुको ठूलो संख्या त्यहाँ जम्मा भएको थियो । तर राष्ट्रपति भवन बाहिर सुरक्षालाई ध्यानमा राख्दै प्रहरी व्यवस्था कडा पारिएको थियो ।

करिब एक हजार प्रहरी अधिकारीको टोली विभिन्न बाटो र सिँढी हुँदै राष्ट्रपति निवासमा प्रवेश गरी यूनलाई नियन्त्रणमा लिन सफल भए ।

यूनलाई अदालतको वारेन्टअन्तर्गत ४८ घण्टासम्म हिरासतमा राख्न सकिने बताइएको छ । अनुसन्धानकर्ताहरूले उनको हिरासत बढाउन नयाँ वारेन्टको लागि आवेदन दिने तयारी गरेकोसमेत समाचारमा जनाइएको छ ।

गत डिसेम्बर ३ मा मार्शल ल लागु गर्न खोजेपछि यूनविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो । यद्यपि मार्शल ल ६ घण्टा पनि टिक्न सकेको थिएन ।

गत डिसेम्बर १४ मा विपक्षी दलहरूले विद्रोहको आरोप लगाएर संसदले महाभियोग लगाएपछि यूनलाई राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो ।

Skip This