३० आश्विन २०८३, शुक्रबार

नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब बढ्ने, कति पुग्छ तलब ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-sharan-mahatकाठमाडौं, २१ असार । अगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ । सरकारले साउन महिनादेखि लागू हुने गरी प्रत्येक तहका सरकारी कर्मचारीको तलब बढाउन लागेको हो ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे राजधानीमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘नयाँ आर्थिक वर्षबाट हरेक तहका कर्मचारीको तलब १० प्रतिशतसम्म बढ्छ ।’

भूकम्पपछि सरकारले साधारणतर्फ उल्लेख्य मात्रामा बजेट कटौती गर्न प्रयास गरे पनि तलब वृद्धिले साधारण बजेट वृद्धि हुने उहाँको धारणा थियो ।

सरकारले बढ्दो मंहगीलाई मध्यनजर गर्दै कर्मचारीलाई प्रोत्साहन स्वरुप तलब बढाउने लागेको हो । बृद्धि हुने १० प्रतिशत तलबले महंगीमा कर्मचारीलाई केही राहत हुने सरकारको विश्वास छ ।