९ श्रावण २०८३, शनिबार

बंगलादेशले गर्‍यो शेख हसिनाको पासपोर्ट रद्द

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, २४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ ।

शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छन्  ।
तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् । उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ ।

यसबाट स्पष्ट हुन्छ कि यदि शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ । यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ९आईसीटी० मा अर्को उजुरी परेको थियो।

जसअनुसार सन २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको क्रममा भएको कथित गोलीबारी पनि समेटिएको छ । शफिकुल इस्लाम मुफ्तीले दायर गरेको उजुरीमा भनिएको छ कि २०२१ मा जब प्रधानमन्त्री मोदी आए, त्यहाँ विरोध भइरहेको थियो । त्यसबेला शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा शफिकुल इस्लाम मुफ्तीका १७ वर्षीय छोराको मृत्यु भएको थियो । धेरै निर्दोष मानिस मारिएका थिए ।

राष्ट्रिय नागरिक समितिका सदस्य सचिव अख्तर हुसेनले भने,  ‘हामीले शेख हसिना, तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र पूर्वसांसद राम ओबैदुल मुक्तदिर चौधरीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेका छौँ ।’ चटगाउँ, ब्राह्मणबारिया र ढाकामा धेरै निशस्त्र नागरिकहरूको हत्या गरेको आरोप छ । सरकारी तथ्याङ्क अनुसार कम्तिमा १७ जना मारिएका छन् ।

Skip This