
काठमाडौं, २३ पुस । आज बिहानै चीनको सिगात्से क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सिगात्सेको डिंग्री काउन्टीमा ९ जनाको मृत्यु भएको छ भने धेरै घरहरु पनि भत्किएका छन् ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ७.० म्याग्निच्युडको रहेको जनाएको छ । तर चिनियाँ सञ्चारमाध्यमहरूले भने ६.८ म्याग्निच्युडको भएको बताएका छन् ।
यो भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू-भागमा पनि महसुस गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार नेपालमा भने यो भूकम्पबाट कुनै ठूलो क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।










प्रतिक्रिया