– विवेक विश्वकर्मा
भैरहवा २१ असार । सडकको मापदण्ड अनुसार आयोजना अगाडी नबढाईदा एकीकृत सहरी बिकास आयोजना अन्र्तगत सिद्धार्थ नगर नगरपालिकाले भैरहवामा सुरु गरेको सतह ढल निर्माण र कालोपत्रे गर्ने काम दिर्घकालीन नहुने देखीएको छ ।
अयोजना प्रमुख आफ्नो घर जोगाउने, लतपतमा काम गरेर छिटै कमिसन हड्प्ने तथा अहिले बनाएको संरचना पुन आफ्नै कार्यकालमा भत्काएर अर्को पटक पनि कमिसन खाने दाउमा लाग्दा नगरपालिकालाई धेरै बर्षपछि आएको ऐतिहासिक योजना असफल हुन लागेको दावी स्थानीयबासीको रहेको छ । एसियाली बिकास बैकको सहयोग रकम मध्ये झण्डै ७९ करोडमा अहिले जनकपथ, उदयपुर मेउडीहवा र महाविर पथमा नाला निमार्णको काम भएको छ । निर्माणाधीन नालाहरु नगरपालिकाले लागु गरेको नयाँ नक्शाको मापदण्ड अनुसार नभई पुरानै अवस्थाबाट काम भएको छ । जसले गर्दा आयोजना दिर्घकालीन नहुने देखिएको हो । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमास्थलको निर्माण सम्पन्न भएपछि भैरहवामा हुने जनघनत्व तथा सवारी चापको कुनै मुल्यांकनै नगरी अहिलेकै सडकले ५० बर्षसम्म थेग्न सक्ने भन्दै नगरपालिकाले हचुवाको भरमा काम सुरु गरेको हो । सामान्यतया एक पटक बनाएको सडकके सव बेस र बेस ५० बर्ष सम्म धानोस र दायाबायाका सरचना २५÷३० बर्षसम्म भत्काउन नपरोस भन्ने सामान्य इन्जिनीयरीन शिद्धान्तलाई समेत बेवास्ता गर्दै नगरपालीकाले एकलौटी रुपमा पुरानै अवस्थाबाट सडक तथा ढल निमार्ण गरेको हो ।
उदाहरणको लागी हाल नगरपालीकाले कायम गरेको जनक पथको मापदण्ड सडकको सेन्टरबाट दुवै तर्फ ४१÷४१ फीट गरी पुरा सडक ८२ फीट कायम गरिएको छ । कतै ६६ त कतै ७५ फीटमा यस अघी कालोपत्रे र नाला निमार्ण गरीएको जनकपथमा गत बर्ष ८२ फीट लागु गराउन नगरपालीकाले उक्त क्षेत्र भित्र पर्ने संरचनामा रातो चिन्ह लगाउदै हटाउन घर धनिलाई पत्राचार समेत गरेको थियो । सडक भित्र रहेका संरचना हटाउना घर धनीहरु तयार भएर बसी रहेकै बेला अहिले नगरपालीकाले पहिलेकै ६६ र ७५ फीटकै आधारबाट काम गरीरहेको छ । बाईपास सडकको अवधारणा समेत लिएको जनकपथ अहिले पुरानै अवस्थामा बनाईए पनि २÷४ बर्ष पछि ८२ फीटनै कायम गर्नु पर्ने निश्चित छ । त्यति बेला अहिले बनाएको नाला र सडक पुन भत्काएर बनाउनु पर्ने अवस्था आउने स्थानीयले बताए ।
जनक पथको सुरुमै आयोजना प्रमुख एवं नगरपालीकाका ईन्जिनीयर शैलेन्द्र श्रेष्ठको घरसमेत नया मापदण्ड अनुसार बाटोमै पर्छ । उनको घर केही भाग भत्काउनु पर्ने भन्दै नगरपालीकाले चिन्ह समेत लगाएको थियो । तर ईन्जीनीयर श्रेष्ठले आफ्नो घर जोगाउन कै लाई जनक पथलाई लथाली नंग्ग हुने गरी आयेजना अगाडी बढाएको स्थानीयहरुले अरोप लगाएका छन् । समस्या जनक पथको मात्र होईन सगै काम सुरु गरिएको मेउडीहवा —मिलनचोक तर्फ पनि उस्तै छ । ७० फीट कायम गरिएको सडकमा यहाँ पनि पुरानै आधारमा नाला बन्दै छ । अझ यहा त हाल बनाउन लागिएको नाला पहिलाको भन्दा सडक तर्फ नै छ । यो सडकको मापदण्ड आफैमा नमिल्दो छ । मेउडीहवा चोक देखी निमार्णा होटल अगाडी कलभर्टसम्म सडकको मापदण्ड ७० फीट र त्यसपछि मिलचोक तर्फ नालीबाट १ दसमल २५ मीटर छ । सामान्य तया एउटा सडकको मापदण्ड मुख देखी पुछारसम्म एउटै हुन्छ । तर सिनपाले लागु गरेको सडकको मापदण्ड कतै मुख तर्फ फराक पुछारमा साघुरा त कतै पुछार तर्फ चौडा मुख तर्फ साघुरा छन् ।
भैरहवा क्याम्पस हुदै उदयपुर जाने सडकको क्याम्पस तर्फको भागमा सडको नक्सा ८२ फीट छ । उदय पुर तर्फ यो भन्दा कम छ । गल्लामण्डी महाविर पथमा सडकको चौडाई ४० फीट छ । यही सडक बीपी पथमा आउदा साघुरीएर ३६ फीट भएको छ । खजना पथ पनि कतै १२ मीटर त कतै ८ मीटर छ । नारायण पथमा फेरी नाला बाट १ दसमलव २ मीटर भनेर सडकको मापदण्ड कायम गरिएको छ । एका तर्फ सडकको मापदण्ड अनौठो छ । अर्को तर्फ त्यही मापदण्डलाई पनि कायम नगरी कालोपत्रे र नाला निमार्णका काम भईरहेका छन् । अहिले पनि सडक र नालीको अवस्था नागवेली आकारका छन् । यस्ता नक्कसा भएका सडक निमार्ण गर्दा गहिरो अध्यन भयो की हचुवामा काम सुरु गरियो भनेर नक्सा डिजाईनकालागी छनोट भएको जीओईसि नेपाल कन्सल्टायण्डले मेउडीहवा मैत्री पथमा गरेको प्राविधीक अध्यनबाटै प्रस्ट हुन्छ । एकीकृत सहरी बिकास आयोजनाको प्राविधीक अध्यनकोलागी १७ करोड बजेटमा छनोट गरीएको उक्त कन्सल्टेण्टको तथ्याकं अनुसार मानिस, साईकल, बस, ट्रक, कार लगायत सडकमा हिड्नै सवै सवारी साधन र अन्य सवै चापलाई प्राविधीक सुत्रमा राख्दा सन् २०१७ मा यो सडकमा दैनिक औषतमा १ सय १९ बटा कार चल्ने छन् (सवै सडक चापलाई कारमा कन्भर्ट गर्दा) ।

यो सङख्या बर्षेनी ७ दशमलव ५ प्रसितले बढ्ने अनुमान अध्यनका बेला गरिएको छ, । बार्षिक औषत सवारी चाप (एएडीटी) को आधारमा एक बर्ष अघी कन्सल्टेण्टले अध्यन गरेर यो अनुमानीत तथ्य निकालेको हो । यही आधारमा १ सय १९ बटा कार दैनिक हिड्नै सडकको आयु ५० बर्षसम्म थेग्न कस्तो गुणस्तरमा बेस र सव बेस निमार्ण गर्ने भन्नेमा प्राविधीक केन्द्रीत भएका छन् । तर बार्षीक ७ दशमल ५ प्रतिसतले चाप बढ्दै जादा २५÷३० बर्षसम्म ति सवारी साधनकोलागी कती चौडा सडक चाईन्छ भन्ने अध्यन नहुदा सडकको आयु नसकीदै भत्काउनु पर्ने अवस्था आउने समस्या देखिएको हो । अर्को तर्फ अहिले भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल निमार्णाधिन अवस्थामा छ ।
लक्ष्य अनुसार काम भयो भने बिमान स्थल निमार्ण र नगरपालीको सडक तथा ढल निमार्ण एक साथ सन् २०१७ मै सम्पन्न हुनेछ । तर एक बर्ष अघी सवारी साधानको चाप अध्यन गर्दा यसतर्फ पनि बिचार पुर्याएको पाईदैन । बिमा स्थल निमार्ण पछि अहिले अनुमान गरिए जस्तै पर्यटकको आवागमन बृद्धी हुने हो भने कन्सल्टेण्टले अनुमान गरे भन्दा बढी सवारी चाप हुने छ । त्यसबाट अहिले ब्यक्त भईरहेको सडकको चौडाईको चिन्ता छिट्टै अनुभुती हुने छ र केही बर्षमै भत्काउनु पर्ने जानकारहरु बताउछन् । दुईबर्ष अघी यस्तै प्राविधीक अध्यन बिना नगरपालीकाले बिस्तार गरेको नारायण थान सडक अहीले साघुरो भईसकेको छ । सडकको एक भागमा पार्किङ्ग गरीएको बेला दोहोरो सवारी आवागमन हुन गह्रो हुन्छ । अहिले निमार्ण गरिएका सडकको चौडाई पनि कम भएकाले पछि यस्तै समस्या अन्य सडकमा पनि देखिने निश्चित छ । यसतर्फ प्राप्त अध्यनै नगरी नगरपालीकाले ७० फीट कायम गरिएको मैत्रीपथमा यो मापदण्ड लागु नगरी पुरानै सडकले ५० बर्ष थेग्न सक्ने भन्दै यथास्थितीबाट काम थालेका हो । काम सुरु गरिएका अन्य सडकहरु जस्तै जनकपथ, उदयपुर, महाबिर पथमा पनि दोहोर प्रावीध अध्यन छैन ।
नगरपालीकाको नया नक्सा मापदण्डको निर्णय गरेका पुर्व नगर प्रमुख सागर प्रताव राणाले नगरपालीकाले नक्साको मर्म अनुसार काम नगरेको र हचुवाको भरमा काम सुरु गरेको बताउछन् । यता आयोजना प्रमुख एवं नगरपालीकाका बरिष्ठ ईन्जीनीयर शैलेन्द्र श्रेष्ठले भने २÷४ बर्षमै भत्काउनु पर्ने अवस्था नआउने दाबी गर्छन् । आयोजनाका लागी छनोट भएको कन्सल्टेन र प्राविधिकको अध्यनले जनकपथमा २०÷२५ बर्षसम्म अहिलेकै सडकले काम चल्ने देखाएकाले सोही अनुरुप काम गरीएको उनले बताए । ‘जनक पथ सडक ८२ फिट नै हो, कालोपत्रे र नाला पछिको भागमा फुटपाथ, बिजुली र खानेपानीका लागि राखिएको हो,’ उनले भने ।
उनका अनुसार फुटपाथ निमार्ण, खानेपानी, बिजुली सार्ने योजना भने अहिलेको बजेटमा छैन । प्रभात पथमा निर्माण भई रहेको ढल पनि ईष्टिमेट अनुसार नै रहेको श्रेष्ठको दावी रहेको छ । इष्टिमेटमा ईट्टाको सोलिङ्ग रहेकोले आफुहरु सोही अनुसार काम अगाडी बढाई रहेको श्रेष्ठले बताए । अञ्चलपुर देखि उचमी जाने बाटोका छेउछाउ नाला रहे पनि अहिले तिनिहरुलाई भत्काएर नयाँ नाला बनाउन लागिएको उनले बताए । नालाको केही भागमा रहेको ढुङ्गाको सोलिङ्ग प्रयोग गरिए पनि पछि त्यसको खर्च कटाईने श्रेष्ठले बताए । एसियाली बिकास बैकको १७ दशमलव १८ मिलीयन डलर ( झण्डै १ अरव ६७ करौड ) ऋण सहयोगमा सिद्धार्थ नगरपालीकाले नगरका बिभिन्न भागमा सुरु गरेको नाला, ढल निमार्ण र सडक कालोपत्र गर्ने काम नपालेनै लागु गरेको नक्साको मापदण्ड अनुरुप नहुदा अयोजनाको ठुलो रकमको काम २÷४ बर्षमै यत्तीकै खेर जाने अवस्थामा छ । एडीवीको १ अरव ६७ करोड ऋण सहयोगको रकमबाट नगरपालीकाले करीव १ अरवको बजेटबाट निमार्णका काम गर्न लागेको छ ।
यस बाहेक फोहोर मैला ब्यबस्थापनमा सेनेटरी ल्याण्ड फील्ड साईट निमार्णकोलागी ३२ करोड ७७ लाख ७२ हजार छु्याइएको छ । यसबाहेक अरु झण्डै ५५ करोड बढी रकम भने गैरसरकारी संस्था, कन्सल्टेण्ट, कर्मचारी तलव भत्तामा खर्च हुने छ । स्थानीय बासिले नगरपालीकाले सुरु गरेको यो योजनामा ठुलो भष्टाचार समेत रहेको भन्दै छान बिनको माग समेत गरेका छन् ।
















प्रतिक्रिया