२९ आश्विन २०८३, बिहिबार

दुर्घटनामा एकको मृत्यु, अठार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhapaभद्रपुर, २६ जेठ । तीन वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस घटनामा एउटै यात्रुबसका १७ यात्रुसहित १८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लखनपुर–१ पाडाजुँगी नजिक आज बिहान साढे दश बजे भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी झापा गौरादह–२ का ३२ वर्षीया लक्ष्मी सङ्ग्रौलाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।

मे १ त १४१६ नम्बरको ट्र्याक्टरले मे ५ प १६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको समयमा विपरीत दिशाबाट आइरहेको को १ ख ३१८८ नम्बरको बसले जोगाउन खोज्दा बस सडकको उत्तरतर्फ पल्टिन पुगेको थियो ।

बसमा सवार १७ जना र एक मोटरसाइकल चालक गम्भीर रुपले घाइते भएका छन् । घाइतेको दमकस्थित अस्पतालका साथै विरानगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।