१ कार्तिक २०८३, आइतबार

सूर्यदर्शन सहकारी ठगी : कृष्णबहादुर र छोरी मीना इजलासमै रोएपछि भावुक बन्यो माहोल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूमाथिको पहिलो दिनको बहस सकिएको छ ।

न्यायाधीस नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातजनाको बयान सुरू भएको हो । रविसहित चारजनाविरूद्व सम्पत्ति शुद्वीकरण र संगठित अपराधको पनि आरोप छ ।

आज पहिलो दिन बहस चलिहँदा सहकारी ठगीमा अभियुक्त बनाइएका कृष्णबहादुर गुरूङ रोएपछि इजलासको माहोल नै भावुक बनेको थियो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि उनी उठेर रोएका हुन् ।

उनले रूँदै आफू निर्दोष रहेको बताएका थिए । उनी रोएपछि उनी छोरी मीना गुरूङ पनि रोएकी थिइन् । पूर्वसांसद गुरूङ पनि सहकारी ठगीको आरोपमा पक्राउ परेकी छिन् ।

इजलासाम बुबा–छोरी नै रोएपछि माहोल भावुक बनेको हो ।