३० आश्विन २०८३, शुक्रबार

फुटबल स्टार लियोनल मेस्सीका परिवारमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messiकाठमाडौं, २१ असार । कोपा अमेरिका कपको फाइनल खेल भइरहँदा अर्जेन्टिनाका फुटबल स्टार लियोन मेसीको परिवारमाथि आक्रमण भएको छ। खेल आधी समय हुनै लाग्दा चिलीका एक फ्यानले मेसीका मातापिता तथा दाजुहरुमाथि प्रहार गरेका थिए।
मेसी परिवारमाथि आक्रमण भए लगत्तै सुरक्षाकर्मीले उनीहरुलाई अन्तै सारेका थिए। सुरक्षाका कारण मेसीका मातापिता जर्ज- सेलिया तथा दुई दाजुहरुले सन् १९९३ पछि अर्जेन्टिना ठूलो उपाधि नजिक पुग्दा बाँकी खेल रंगशालामा प्रत्यक्ष हेर्न पाएनन्। सुरक्षाकर्मीले उनीहरुलाई टिभी क्याबिनमा बसालेर खेल हेर्ने व्यवस्था मिलाइदिएको थियो।

नागरिकले अगाडि लेखेको छ– चिलीका फ्यानले अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोको परिवारलाई पनि खेल दौरान गालीगलौज गरेको अन्तरार्ष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

कोपा अमेरिका फाइनलको पेनाल्टीमा ४-१ अर्जेन्टिनालाई हराउँदै चिलीले इतिहास रचेको थियो। अर्जेन्टिनाका लागि मेसीले मात्र पेनाल्टी गोल गरेका थिए।