२० असार २०८३, शनिबार

साई स्वागत सहकारी ठगीको आरोपमा पक्राउ परेका भरत जंगम चेक दिएर रिहा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वअध्यक्ष भरतमणि जंगम रिहा भएका छन् ।

पुस ७ गते पक्राउ परेका उनी गत शुक्रबार रिहा भएका हुन् । उनी ठगी रकम बराबरको चेक दिएर रिहा भएका हुन् । उनीमाथि १ करोड ६ लाख बचत रकम अपचलन गरेको आरोप छ ।

उनी त्यति नै रकम बराबरको ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् ।

यस्तै सहकारीका पूर्व कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भएका छन् ।