
संखुवासभा, १५ पुस । शहीद हरि नेपाल र चन्द्र पुरीको ४५औँ स्मृति दिवस मनाइएको छ ।
पाँचखपन नगरपालिका– १ कुसुवाको खुदुर्कीमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा (एमाले) जिल्ला तथा नगर कमिटीको आयोजना र १ नम्बर वडा कमिटीको व्यवस्थापनमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य, जिल्ला ईञ्चार्ज तुलसीप्रसाद न्यौपाने, प्रदेश कमिटीका नेताहरू, जिल्ला अध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरु, केन्द्रीय विभाग सदस्य, खाँदबारी नगर उपप्रमुख, पालिका कमिटीका पदाधिकारी र सदस्य लगायतका पाँचखपनवासी साथै नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका विभिन्न तहका नेताहरू सहभागी थिए ।
शहीदहरूको अत्येष्टी गरिएको स्थलमै आयोजित कार्यक्रमको सञ्चालन पालिका कमिटीका अध्यक्ष तुलसी जिमी र सचिव राजन खड्काले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी स्थायी कमिटी सदस्य गौतम लगायत माओवादी, एकीकृत समाजवादी पार्टीका नेताहरूले मन्तव्य राखेका थिए ।








प्रतिक्रिया