काठमडौं, २६ जेठ । राजधानीमा विभिन्न माग राखेर सडकमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
माइक्रोबायोलोजीमा अध्ययतरत विद्यार्थीले मेडिकल लाइसेन्स पाउनुपर्ने भन्दै सडक अबरोध गरेर प्रदर्शन गरे पछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेर सडक खुलाएको जनाएको छ ।
मेडिकलको लाइसेन्स माग गरेर आन्दोलित उनीहरुको कारण केही समय त्रिचन्द्र क्याम्पस अगाडिको सडक अबरुद्ध भएको थियो । सडक अबरुद्ध हुँदा सवारी साधन र यात्रुले सास्ती भोग्नु परेको थियो ।
प्रहरी बृत्त दरवारमार्गका प्रहरी सहायक निरीक्षक दिलिपकुमार हुमागाईंका अनुसार कलेज अगाडि सडक अवरुद्ध गरी गरेपछि विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गर्नुपरेको बताए ।
त्रिभुवन विश्वविद्यालयले यसअघि दिँदै आएको लाइसेन्स रोकेपछि विद्यार्थी आन्दोलित भएका हुन ।
आक्रोशित विद्यार्थीले लाइसेन्स दिन प्रक्रियालाई निरन्तरता नदिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यार्थीले आन्दोलनले गर्दा केही समय बन्द भएको सवारी आवागमन अहिले सञ्चान भइरहेको छ ।














प्रतिक्रिया