४ कार्तिक २०८३, बुधबार

बाबुआमाको ऋण चुक्ता गर्न दस वर्षको उमेरमा गोठालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dorchi-Sharpaताप्लेजुङ, २१ असार । अभिभावक गुमाउनु पर्दाको पीडा आफैंमा असह्य हो । नाबालक अवस्थामै यस्ता दुःख आइपरे झन कष्टकर हुन्छ ।

ताप्लेजुङ एक १० वर्षे बालकले पीडा भने यतिमा मात्रै सीमित छैन ।

बाबुको बर्खान्तका लागि आमाले लिएको ऋण तिर्न उनी ‘साहु’को घरमा गोठालो बस्न बाध्य छन् ।

दिवंगत पिताको बर्खान्तमा लागेको खर्च भुक्तान गर्न पढाई छाडेर गोठालो बस्न बाध्य लेलेप गाविस–३ टाँसीगाउँका दोर्ची शेर्पा बिहान–बेलुका घाँसदाउरा गर्छन्, दिनभर गाई चराउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

तीन वटा माउ गाई र तिनका बाच्छाबाच्छी स्याहार्ने जिम्मेवारी पाएका उनी तिनलाई घाँस–खोले गर्ने, खुवाउने, दूध दुहुने पनि गर्छन् ।

त्यति गरेबापत आमाले लिएको ऋणबाट वर्षमा १० हजार चुक्ता हुन्छ ।

दोर्चीकी आमा दावाफुटीले पतिको बर्खान्तका लागि ६० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।