
पोखरा, १३ पुस । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले देशभरी रहेका करिब चार हजार सहकारीहरुमा कालोधन लगानी भएको खुलासा गरेका छन् ।
सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले त्यस्तो खुलासा गरेका हुन् ।
देशभरी रहेका चार हजार सहकारीमा अवैध तरिकाले लगानी भएको खर्बौ रुपैयाँको खोजी हुनु पर्नेमा जोड दिँदै केसीले राज्य त्यतातिर ध्यान नदिई रवि लामिछानेको पछि लागेर २८ करोड रुपैयाँको खोजीमा लागेको टिप्पणी गरे ।
विगतमा आफूले भनेको रवि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।








प्रतिक्रिया