४ कार्तिक २०८३, बुधबार

राजेन्द्र महतो कसका मान्छे ? नेपालबिरुद्ध सदभावनाले मोदीको यसरी गर्‍यो चाकढी (हेर्नुस् प्रमाण)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadbhawana-Party-Rajendra-Mजनकपुर, २१ असार । चार दलले जारी गरेको संविधानको प्रारम्भिक मस्यौदामा मधेसको सवालमा, संघीयता तथा सीमांकन र नागरिकतालगायत मुद्दामा अंकुश लगाएको भन्दै राजेन्द्र महतोको सदभावना पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुहारेको छ ।

यता मधेसी दलहरूले काठमाडौंमा भारतीय दूतावासमा गएर हस्तक्षेपका लागि आग्रह गरेका थिए भने उता भारतीय प्रदेशमै कार्यक्रम गरेर गुहार्न थालेको समाचार आजको सौर्य दैनिकले छापेको छ ।

मधेसीलाई अंकुश लगाएको भन्दै पार्टीका केन्द्रीय महासचिव राजीव झाले भारत विहारको सीमावर्ती इलाका बासोपट्टीमा अन्तरक्रिया गरी मोदीलाई ज्ञापनपत्र पठाएका छन् ।

नेपाल राजनीतिक संकटको समयमा रहेकाले भारतको सीमावारि र सीमापारि क्षेत्रसँग बेटी–रोटीको सम्बन्ध सदियौँदेखि रहेको तर संविधानमा हाम्रो सम्बन्ध विच्छेद गर्ने मनसायले नेपालको संविधानसभाले बन्देज लगाउन खोजेको भन्दै बासोपाट्टीमा अन्तरक्रिया गरी ज्ञापन पठाइएको थियो ।

नेपालका जनतालाई सहयोग गर्ने सीमावर्ती भारतीय बजार बासोपट्टीमा रहेका राजनीतिक दलका नेताहरूले नेपालमा संविधान निर्माणमा ‘सकारात्मक हस्तक्षेप तथा कूटनीतिक सहयोग’का लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार ज्ञापनपत्र बुझाएको छ ।

भारतीय कांग्रेस, भारतीय जनता पार्टी, आरजेडी, जनता दल युनाइटेडलगायत भारतीय राजनीतिक दलका नेताहरूले मेलमार्फत प्रधानमन्त्री मोदीलाई सो ज्ञापनपत्र बुझाएका थिए ।

सद्भावना पार्टीका महासचिव झाको पहलमा बासोपट्टि प्रखण्डका विभिन्न दलका प्रतिनिधिको हस्ताक्षर भएको सो ज्ञापनपत्रमा नेपालको भारत–विहार एवं उत्तर प्रदेशको सीमावर्तीमा करिब २० लाख मानिसको परस्पर रूपमा विवाह भएको तर नेपालको नयाँ संविधानको मस्यौदाले यो सम्बन्ध भत्काउन लागेको उल्लेख छ ।

नेपालमा निर्माण संविधानमा भारतीय चेलीहरूलाई नेपाली नागरिकताबाट वञ्चित गर्ने खेल भइरहेकाले सो संविधानमा भारतीय प्रधानमन्त्रीले हस्तक्षेप गरी कूटनीतिक सहयोग गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नागरिकताको विषय जटिल भएको भन्दै हस्तक्षेपका लागि आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार बन्ने संविधानमा मधेसी जनतासँग ठूलो षड्यन्त्र भइरहेको जनाउँदै अहिले संविधानमा राखिएका कतिपय धाराबाट नेपाल र भारतबीच सदियौँदेखि जारी रहेको सम्बन्धमा समेत आँच आउने जनाइएको छ ।

ज्ञापनमा भारतीय कम्युनस्टि पार्टी मधुवनी जिल्ला परिषद् सदस्य वीरेन्द्र झा, आरजेडी प्रखण्ड अध्यक्ष रामविलास यादव, कांग्रेस प्रखण्ड अध्यक्ष सन्तोषकुमार झा, भारतीय जनता पार्टी प्रखण्डका नेता सञ्जयकुमार महतो, जनता दल युनाइटेडका किशोरी साह, प्रखण्ड विशुत्रीका अध्यक्ष मोहम्द इसराई, कांग्रेस जिल्ला समिति सदस्य विनोद झा र अखिलेश झा हस्ताक्षर गरी हस्तक्षेपका लागि मोदीलाई आग्रह गरेका छन् ।gyapanpatra1