१ कार्तिक २०८३, शनिबार

मध्यराति नेपाली व्यापारीको मलेसियामा दर्दनाक मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopal_koirala_12764काठमाडौं । मलेसियामा एक नेपालीको व्यवसायीको सडक दुर्घटनामा परी शनिवार राति मृत्यु भएको छ ।

मलेसियाको जोहर राज्यको वातु पहातमा होटल रेष्टुरेन्ट व्यवसाय गर्ने मोरङ हरौचाका गोपाल कोइरालाको शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारका क्रममा मृत्यु भएको उनका भाई योगेन्द्र कोइरालाले बताए ।

उनको शव मलेसियाकै जोहरको सुल्तान अस्पतालमा राखिएको छ । उनले वातु पहातकै एक फर्निचर कम्पनीमा १० वर्षसम्म श्रमिकका रुपमा काम गरेका थिए । त्यसपछि उनी आफ्नै व्यवसायमा लागेका थिए । मृतकको शव नेपाल पठाउन पहल भइरहेको छ ।