३० आश्विन २०८३, शुक्रबार

जीबी राईसहित १९ जनाविरूद्व मुद्दा दर्ता, थप ४० करोड बिगो दावी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न मुख्य अभियुक्त जीबी राईसहित १९ जनाविरूद्व मुद्दा दायर भएको छ ।

आज जिल्ला सरकारी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै पूरक अभियोगपत्र दायर गरेको हो ।

उनीहरूविरूद्व थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकोमा अहिले संगठित अपराधको कसुर पनि थप गरेर शुक्रबार अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन्।

यहि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ३२ जनाविरुद्ध भने आइतबार मात्रै अभियोग पत्र दायर हुने छ।