८ असार २०८३, सोमबार

पार्टीले खटाएको जिम्मेवारी पूरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार हुँदैन : राजन भट्टराई

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन् ।

एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै भट्टराईले खटाएको जिम्मेवारी पूरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताएका हुन् ।

पार्टीले खटाएको जिम्मेवारी पूरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने उनको भनाइ छ । इञ्चार्ज भट्टराईले भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गर्दै नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने स्पष्ट पारे ।

पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै उहाँ पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेकोमा जोड दिए । ‘पार्टीको बैठकमा आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ’, उनले भने ।

भट्टराईले अनुशासन बिना पार्टी, परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो । एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन उनले आग्रह गरेका छन् ।