१ कार्तिक २०८३, शनिबार

एसीसी यू–१९ महिला एसिया कप : आज नेपाल र भारत भिड्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज आमनेसामने हुँदै छन् ।

एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।

खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।