३० आश्विन २०८३, शुक्रबार

लभर हिरो शाहिदले मंगलबार गर्दैछन् विहे, पार्टी खान दर्शकलाई पनि निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahid-kapoor_0मुम्बई । बलिउडका लभर हिरो शाहिद कपुरको विहेको तयारीले अहिले बजार तातेको छ । हरेक सञ्चारमाध्यममा उनको विहेको खबर हेडलाइन बनिरहेको छ । खबर अनुसार उनको विहेको तयारी पूरा भएको छ ।

उनको विवाह आगामी मंगलबार हुँदैछ । उनले ७ जुलाइमा गडगाउँस्थित ओवराय होटलमा प्रेमिका मीरा राजपुतसँग लगनगाँठो कस्न लागेका हुन् । उनको बिहेको कार्ड पनि छापिइसकेको छ ।

३४ वर्षीया शाहिदकी हुनेवाला पन्ती मीरा भने २३ वर्षकी छन् । शाहिदको बिहेमा आफन्ती र अति निकटका व्यक्तिलाई मात्र निम्तो दिइएको छ भने रिसेस्प्सन पार्टीमा भने तमाम बलिउडकर्मी तथा दर्शकलाई समेत बोलाइएको छ ।

बिहे भोजमा विशेषगरी शाहिदसँग फिल्ममा काम गरेका कलाकर्मी भने नछुट्ने बताइएको छ । बिहे पार्टी भने १२ जुलाईमा मुम्बईमा हुँदैछ । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने–‘विहे भोजमा दर्शकलाई पनि आमन्त्रण गर्दछु ।’ उनको विवाहबाट नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरु समेत जाने भएका छन् ।