७ कार्तिक २०८३, शनिबार

घाँस काट्न गएकी १२ वर्षीय बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– शिबलाल सुबेदी

गुल्मी २० असार । गुल्मी जिल्लाको हस्तिचौर गाविसमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

दर्लामचौर गाविस ८ घर भई हस्तिचौर गाविस २ मा घाँस काट्न गएकी १२ बर्षिय कृष्णा टण्डनको घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामप्रकाश पौडेलले दिएको जानकारी अनुसार घासँ काट्ने क्रममा टण्डन भिरबाट लडेर गम्भिर घाईते भएको र उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याउँदा मृत्यु भएको बताइएको छ ।