४ कार्तिक २०८३, बुधबार

मामाले बिक्री गरेका भाञ्जा २५ वर्षपछि घर फर्के

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २० असार । काम गर्ने छतबाट लडेर मृत्यु भएको भनेर काजकिरियासमेत गरिसकेका व्यक्ति २५ वर्षपछि जिउँदै फर्किएपछि सप्तरीको देउरी भरुवा गाविसवासी आश्चर्यमा परेका छन् ।

मृत्यु भइसकेको भनिएका दृउरी भरिया ९ का ३५ वर्षीय सूर्यनारायण शाह शकुसल घर फर्किएपछि गाउँबासी खुसी देखिएको राजधानी दैनिकले समाचार छापेको छ ।

छोराको मृत्यु भइसकेको जानकारी आफ्नै भाई चलित्तर साहले दिएपछि विश्वासमा परी आमा सोमादेवीले रितिरिवाज अनुसार छोराको काजकिरिया गरेकी थिईन ।

रोजगारीका लागि मामा चलित्तर साहसँग १० वर्षको कलिलो उमेरमा पन्जाब राज्यको जालन्धर सहर पुगेका छोरा सूर्यनारायणको काम गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको खबर आएपछि पिता बेचन साहको ह्रदयघात भएको मृत्यु भएको थियो ।

बुझ्दै जाँदा उनलाइ मामा चलित्तरले ८० हजार भारुमा बेचेको खुल्न आएको छ ।