७ कार्तिक २०८३, शनिबार

पोखरा विश्वविद्यालय थप मुठभेडको बाटोमा, प्रशासन विद्यार्थी वार्ता भंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-universityपोखरा, १९ असार । आन्दोलनरत अनेरास्ववियु र पोखरा विश्वविद्यालय प्रशासन बीचको वार्ता शनिबार दिउँसो भंग भएको छ । शुक्रबार साँझ अबेरसम्म मानव अधिकार आयोगको क्षत्रिय कार्यालयमा बसेको वार्ता निश्कर्ष बिहिन भए पछि शनिबार पटक पटक भएको वार्ताको दुईतर्फी वार्ताको प्रयास असफल भएको छ ।

शनिबार बिहान रजिष्ट्रार डा. दीपक बहादुर भण्डारीसँग अनौपचारिक छलफल भए पनि दिउँसो डा. भण्डारीले सम्पर्क गरेर वार्ता भंग भएको सुचना दिएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । गौतमले शनिबार साँझ एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालय पदाधिकारीहरुको पछिल्लो कार्यले अनेरास्ववियुलाई जवर्जस्ती आन्दोलन चर्काउन बाध्य बनाएको बताए ।

गौतमका अनुसार शनिबार बसेको अनेरास्ववियु कास्कीको पदाधिकारी बैठकले आइतबारका लागि पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी जारी राख्ने, कुनै पनि पदाधिकारीहरुको गाडी चल्न नदिने, परिक्षाहरु चल्न नदिने, बिहानैदेखि विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गर्ने र सम्पूर्ण कानुनी बाटो अबलम्बन गर्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।

आन्दोलनको थप कार्यक्रम आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर घोषणा गर्ने पनि गौतमले जानकारी दिए । त्यस्तै विश्वविद्यालयका पदाधिकारीहरुको पनि दिउँसो लेकसाइडमा बैठक बसेर आइतबारदेखि आन्दोलन प्रति कडा व्यवहार गर्ने निर्णय गरेको बताइएको छ ।

आइतबार बिहानै देखि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । दुवै पक्ष आ–आफ्नो तयारीमा लाग्दा आइतबारदेखि पोखरा विश्वविद्यालयमा थप मुठभेडको सम्भावना बढेर जाने सम्भावना छ ।

पोखरा विश्वविद्यालयमा अनियमति तबरले विद्यार्थी ट्रान्सफर गरेको भन्दै अनेरास्ववियुले गत चैत्र १९ गतेबाट शुरु गरेको आन्दोलनले पछिल्लो समय पोखरा विश्वविद्यालय तनावग्रस्त भइरहेको छ ।