३१ असार २०८३, बुधबार

कर्णालीले काठमाडौंलाई दियो १ सय ५० रनको लक्ष्य

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ राजेपछि कर्णालीले पहिले ब्याटिङ गरेको हो ।

कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दिएको हो ।

कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।

कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।